काठमाडौं २१ पुस । जनक शिक्षा सामग्री लिमिटेडमा प्रबन्ध सञ्चालक बन्नका लागि चलखेल सुरु भएको छ । २० मंसिरमा अनिलकुमार झा प्रबन्ध सञ्चालक पदबाट हटेसँगै खाली रहेको उक्त पदका लागि चलखेल तिब्र रुपमा भईरहेको पाइएको हो ।
जनक शिक्षाका लागि अर्थमन्त्रालयले २५ करोड छुट्याएको र सोही २५ करोडभित्रबाट हुने गरी कमिशन खेलमा बढबढावा भईरहेको समेत बताइएको छ । यसरी कमिशन खेल मिलाउने अग्रपंक्तिमा साहित्यकार समेत रहेका स्नेह सायमी रहेको जनक शिक्षा सामग्री स्रोत बताउँछ । उनले २५ करोडमध्ये २ करोड शिक्षा मन्त्रीलाई दिने र २३ करोडले बाँकी जनक शिक्षाको काम  गर्ने भन्दै चाँजो पाँजो मिलाउने गरी लागिरहेको बताइएको छ ।
एमाले अध्यक्ष केपी ओलीको साथमा सायमी ।

शिक्षा मन्त्रालय माओवादीको कोटामा रहेकाले माओवादी संगठनले भने सायमीको विरोध गरेका छन् । जो व्यक्ति भएपनि योग्य छानेर माओवादी विचारधारालाई नै नियुक्ति गनुपर्ने उनीहरुको भनाई छ ।
थप ६० करोड भार बोकाएर गए झा
पछिल्लो सवा तीन वर्षको अवधीमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई झाले थप ६० करोड रुपैयाँ ऋण बोकाएर हिडेका छन् । २०६९ साल मंसिर अगाडिको सात वर्षमा ६५ करोड मात्र ऋण भएको जनक शिक्षाले पछिल्लो सवा तीन वर्षमै पुनः ६० करोड ऋण थप्न बाध्य बनेको हो । 
 जनक शिक्षाको प्रबन्ध सञ्चालकमा अनिल कुमार झा नियुक्त भएको बेला चार वर्षमा संस्थालाई नाफामा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रतिबद्धता अनुसार झाले जनक शिक्षालाई ऋणमुक्त गर्न त होइन उल्टै ऋणमा डुबाउने काम गरेर २० मंसिरमा बिदा भए ।
झाले जनक शिक्षामा २०६९ साल मंसिरमा प्रबन्ध सञ्चालकमा नियुक्ति लिएका थिए । उनले खुला प्रतिस्पर्धाबाट प्रबन्ध सञ्चालकमा नाम निकालेपछि संस्थान निर्देशन बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले उनलाई नियुक्त गरेको थियो । नियुक्ति लिँदा उनले गरेका लिखित प्रतिबद्धता पुरा नगरी उनी बिदा हुन पुगे ।

सायमीको चलखेलले चिन्ता
सायमीले प्रबन्ध सञ्चालक बन्न अस्वभाविक चलखेले गरेको भन्दै जनक शिक्षासँग चासो राख्नेहरु भने चिन्तित बन्न पुगेका छन् । शिक्षामन्त्री धनीराम पौडेलले कुनै प्रलोभनमा परेर सायमीलाई नियुक्त गरे जनक शिक्षा अझै धरासायी बन्ने चिन्ता र चासो हुन थालेको देखिएको छ ।
एमाले सरकार हुँदा एमालेसँग नै ठिक्क हुने, माओवादी सरकार आउँदा माओवादी निकट जस्तो देखिने र नियुक्ति दिए करोडौं कमिशन दिने भन्ने कुरा बाहिर आएको भन्दै यस्तो व्यक्ति आएमा जनक शिक्षा अझै खतरामा पर्ने हो कि भन्ने चिन्ता थपिएको त्यहाँका एक कर्मचारी बताउँछन् । उनले योग्य र जनक शिक्षालाई सुधार गर्न सक्ने पात्र छान्न पनि मन्त्रालयसँग माग गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।