काठमाडौं ८ फागुन
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले नेकपा एमाले र नेकपा माओवादीबिच एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय भएका बताएका छन् ।

अन्तर्राष्ट्रिय अनुभव सहित नेपालमा मार्क्सवादको विशिष्ट प्रयोगमा प्राप्‍त सफलताको पृष्ठभूमिमा दुई ठूला कम्युनिस्ट पार्टी बिच एकता भएको उनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केपी शर्मा ओलि र कमरेड प्रचण्डको जोखिम उठाउन सक्ने क्षमताका कारण यो कष्टसाध्य काम सम्भव भएको बताएका छन् ।

उनको उनको स्टाससको पूर्णपाठ:

नेकपा-एमाले र नेकपा (माओवादी केन्द्र)बिचको एकताको रूप राष्ट्रिय भए पनि सार अन्तर्राष्ट्रिय छ। अन्तर्राष्ट्रिय अनुभव सहित नेपालमा मार्क्सवादको विशिष्ट प्रयोगमा प्राप्‍त सफलताको पृष्ठभूमिमा दुई ठूला कम्युनिस्ट पार्टी बिच एकता भएको छ। यस भित्र चल्ने बहसमा अन्तर्राष्ट्रिय कम्युनिष्ट र प्रगतिशील अान्दोलनलाई जोड्न सकियो भने नेपालबाट नयाँ विचार विश्वले प्राप्त गर्नेछ । यद्यपि यो विचार संश्लेषण निकै चुनौतिपूर्ण छ। वैचारिकरूपमा जड्शुत्रवाद र अनुभववाद, राजनितीकरूपमा संकीर्णतावाद र उदारतावाद तथा संगठनात्मकरूपमा नोकरशाही र अराजक कार्यशैलीविरूद्ध संघर्षमा सफलता प्राप्त गरेर मात्र यो चुनौतिको सामना गर्न सकिन्छ। कमरेड केपी शर्मा ओलि र कमरेड प्रचण्डको जोखिम उठाउन सक्ने क्षमताका कारण यो कष्टसाध्य काम संभव भएको हो । यो सहमतिको शब्द र भाषा भन्दापनि यसको अन्तर्वस्तु र भावि सकारात्मक संभावना तर्फ ध्यान दिनु जरूरी छ। यो कष्टसाध्य काम सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद र बधाई !

 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।