काठमाडौं ८ फागुन । एमाले नेता तथा पूर्वकानुनमन्त्री अग्नि खरेल सरकारको महान्यायधिवक्ता नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई मंगलबार साँझ महान्यायधिवक्तामा नियुिक्त गरेकी हुन् ।
गौरादह–३ झापाका स्थायी बासिन्दा यसअघि केपी शर्मा ओली नेतृत्व सरकारमा कानुनमन्त्री थिए । उनी एमालेका प्रमुख सचेतकसमेत भइसकेका छन् ।
उनको नियुक्तिअघि राष्ट्रपतिले महान्यायधिवक्ता वसन्तराम भण्डारीको राजीनामा स्वीकृत गरेकी थिइन् । प्रधानमन्त्रीबाट शेरबहादुर देउवाले राजीनामा दिएकै दिन ३ फागुनमा राजीनामा दिएका भण्डारीको मंगलबार मात्र राजीनामा स्वीकृत भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।