चैत्र ३० । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी भएका छन् ।
उनले अध्यक्षका प्रत्यासी भाष्करराज राजकर्णिकारले भन्दा १ सय ७७ बढी मत पाएका छन् ।
आज बिहान सार्वजनिक मतपरिणाम अनुसार एसोसियटतर्फ ५ सय ९० भोटमध्ये पाण्डेको पक्षमा २ सय ८९ भोट खस्यो भने भाष्करले २ सय ९१ भोट प्राप्त गरेका थिए । त्यस्तै, वस्तुगततर्फका ८८ भोटमध्ये पाण्डेले ५६ मत प्राप्त गरे भने राजकर्णिकारले ३२ मत प्राप्त गरे ।
वस्तुगतमा भाष्कर पक्षका पाँच सदस्य र पाण्डे पक्षका सात सदस्य विजयी भएका छन् । अञ्चल प्रतिनिधीमा पाण्डे पक्षका १३ जना विजयी हुँदा भाष्कर पक्षका एक जना उम्मेदवार मात्रै विजयी भए ।
अरु पदहरुमा राजकर्णिकार र पान्डेका मिश्रित उम्मेदवार विजयी भएका छन्। एसोसिएट उपाध्यक्षमा राजकर्णिकार प्यानलका शेखर गोल्छा निर्वाचित भए भने बाँकी दुई उपाध्यक्ष पान्डे प्यानलका छन्। उद्योग वाणिज्य समूहका उपाध्यक्षमा किशोरकुमार प्रधान निर्वाचित भए। त्यसैगरी वस्तुगत समूहका उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भए।
जिल्लारनगरमा राजकर्णिकार र पाण्डे पक्षका सात(सात उम्मेदवार विजयी भएका छन्। त्यसैगरी अञ्चल प्रतिनिधिमा राजकर्णिकार पक्षका एकमात्र उम्मेदवार विजयी भए भने पाण्डे पक्षका १३ जना विजयी भए। वस्तुगतमा पाण्डेको पक्षमा ६ जना, राजकर्णिकारको पक्षमा पाँच जना र एक जना साझा उम्मेदवार विजयी भए।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।