काठमाडौं फागुन
सिद्धार्थ बैंकले आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस दिने भएको छ ।

बैंकले चैत ४ गते १६ औं बार्षिक साधारण सभा बोलाएको छ । बैंकले फागुन २० गते सेयरधनी किताब बन्द गर्ने भएको छ । अतः २० फागुनसम्म सेयर किन्नेले १४ प्रतिशत बोनश सेयर पाउनेछन् ।

साधारण सेयरधनीका लागि बैंकले प्रस्ताव गरेको १४ प्रतिशत बोनश राष्ट्र बैंकले समेत स्वीकृत गरिसकेको छ ।

सिद्धार्थ बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १५५ रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीको १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँको बोनस वितरण गर्न लागेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।