काठमाडौं २७ फागुन । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख कृष्णबहादुर महराले राष्ट्रपति समक्ष पदको सपथ लिएका छन् । आज उनले सपथ लिएका हुन् ।
संसद भनव नयाँ बानेश्वरमा शनिबार बसेको बैठकले महरालाई सभामुखमा सर्वसम्मत चयन गरेको थियो । वाम गठबन्धनका तर्फबाट शुक्रबार महराको मात्र उम्मेदवारी दर्ता भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि महरालाई सभामुखमा समर्थन गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।