फागुन ३० । प्रधानमन्त्री सुशिल कोइरालाको सम्पत्ती मोबाइल मात्रै भन्दा पत्यार नलाग्न पनि सक्छ । 
मुलुकका ३७ औँ प्रधानमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेलगत्तै सर्वसाधारणले उनीसंग घर, घडेरी, सुन, चाँदी, नगदलगायत केके न होला भन्ने अनुमान नगर्ने त कुरै पनि रहेन । तर प्रधानमन्त्री सुशील कोइरालासंग न घर छ,न त घडेरी, न सुन छ,नत चाँदी नै !
सुन्दा  अपत्यारिलो लागेपनि कोइरालाले बुधबार बुझाएको विवरणमा तीनवटा मोबाइल फोन सेटमात्र आफ्नो सम्पत्ति रहेको अन्नपूर्ण दैनिकमा खबर छ ,
राजनीतिक क्षेत्रबमा सरल जीवनका लागि कोइराला उदाहरण बनेका छन्। उनको मितव्ययिता र सरल जीवनबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले समेत प्रशंसा गरेका छन्।
कोइराला प्रधानमन्त्री निवाएचित भएको दुई सातापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएकै दिन बसेको पहिलो बैठकले सबै मन्त्रीको सम्पत्तीविवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम उनले विवरण बुझाएका हुन्। विवरण अनुसार उनीसंग कुनैपनि चल अचल सम्पत्ती छैन। उनले लगाएको घडी  औँठी भने सम्पत्ति विवरण्मा उल्लेख छैन। मन्त्रिपरिषदका एक  अधिकारीले भने, ‘उहाँका नाममा ब्यांक खातासमेत रहेनछ’
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।