मिस वर्ल्डमा श्रृंखलालाई हौसला दिन बुवा आमासहित ३१ जना पुगे चीन

काठमाडौं । मिस वर्ल्डको अन्तिम ३० मा पुगेर मिस वर्ल्डको उपाधीका लागि प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई हौसला दिन उनका बुवासहित ३१ जनाको टोली चीन पुगेको छ ।

श्रृंखलालाई प्रतिस्पर्धामा अझै अघि बढ्न हौसला थप्न बुबा विरोध खतिवडासहित ३१ जना शुभचिन्तक चीन पुगेका हुन् । टोलीमा श्रृंखलाका बुबासँगै आमा मुनु सिग्देल पनि चीन पुगेकी छिन् ।

टोलीमा उनका मामा माइजूसहित परिवारका अन्य सदस्य, हेटौंडा उप महानगरपालिकाका उपमेयर मिना लामा, मदनकुमार दाहाल, अनिल पाण्डे, नबिन केसीलगायत छन् ।