श्रृंखला मिस वर्ल्डको १२ मा पुगिन्, अघि बढ्न सकिनन्

काठमाडौं/मंसिर । मिस नेपाल समेत रहेकी श्रृखला खतिवडा मिस वर्ल्डको अन्तिम १२ सम्म पुग्न सफल भएपनि त्यसबाट अगाडीको यात्रा तय गर्न सकिनन् । श्रृंखला मिस वर्ल्डको प्रतिस्पर्धामा एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् ।

पाँच महादेशबाट टप १२ छानिएकोमा त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरिएको थियो । त्यसक्रममा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनेकी थिइन् ।

मिस वर्ल्ड २०१८ को उपाधि भने मेक्सिकोले यस वर्षको जितेको छ । मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितेकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।