खोटाङ २५ मंसिर । जनताको सुरक्षा दिने प्रहरीबाट नै खोटाङमा एक बालिका यौन दुर्व्यवहारको सिकार बनेकी छिन् ।

जालपास्थित प्रहरी चौकीका असई रमेशकुमार बस्नेतले एक बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् । गत १८ गते दिउँसो भएको यौन दुर्व्यवहार सम्बन्धी घटनाको मुद्धा सोमबार ‘बाल यौन दुरुपयोग’ अन्तर्गत दर्ता भएको छ । खोटाङका डिएसपी राजुकुमार केसीले पीडितकी आमाले जाहेरी दिएको जानकारी दिँदै अनुसन्धान प्रक्रिया अघि बढीसकेको बताए । उनका अनुसार बस्नेत प्रहरी नियन्त्रणमा आईसकेका छन् भने नियन्त्रणसँगै स्वत बर्खास्त भएका छन् ।

आफन्तकोमा हिडेकी १४ वर्षिया बालिकामाथि असई बस्नेतले एकान्त स्थानमा लगेर यौनजन्य क्रियाकलाप गरेका थिए । उनले बालिकालाई मोटरसाइकलमा लिफ्ट दिएर लोचा खोलामा पुगेपछि बाइक तातिएको बहाना बनाएर बालिकामाथि त्यस्तो हर्कत गरेको पीडित पक्षको भनाई छ ।

देशमा बलात्कार तथा हिंसा बढिरहँदा खोटाङमा भने प्रहरी अधिकृतद्धारा नै हिंसा सार्वजनिक भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।