काठमाडौँ, २ पुस । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् ।

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।