“मरि लानु के नै छर, दुई दिने जिवनमा ? लैजाने मै हुँ तिमिलाई, यहि मंसिरैमा….।” बोलको गितले यतिबेला युटुवमा व्यापक चर्चा बटुली रहेको छ । रोज सुनामी राईको स्वरमा सजिएको यो गितलाई संगितप्रेमि तथा प्रेममा रमाईरहेकाले मन पराई रहेका छन् ।
साकेलाको लयलाई पनि मिसाइएका कारण दर्शक तथा श्रोताहरुलाई गितले आफूतिर तानिरहेको छ । ओ एस आर डिजिटलले बजारमा ल्याएको सो गितको शब्द र संगिता देवेश राईको हो ।

गितको म्युजिक भिडियो पनि त्यतिकै हेर्न लायक बनेको छ । दिनेश माङमुले निर्देशन गरेको म्युजिक भिडियोमा धरानकै मनोरमस्थल घोपाका दृष्यहरु समावेश छन् । ड्रोन सर्टहरुका कारण भिडियोले दर्शकहरुलाई अझै आनन्दको अनुभुति दिन्छ । यो गितको म्युजिक भिडियोमा सञ्जय लामा र जेसुन लिम्बुले अभिनय गरेका छन् ।
रोज सुनामी राई वाल्यकालदेखि नै गितसंगित भनेपछि हुरुक्कै हुने गर्दथे । उनको जन्म संखुवासभामा भएपनि उनको वाल्यकाल बराह, सुनसरीमा बित्यो । उमेरले २५ बसन्त पार गरिसकेका उनी १६ वर्षको उमेरमै काठमाडौं भित्रिए । गित संगितकै दौडाहमा खुल्ला आकाशमुनि बिताएका रात र धेरै कष्टका क्षणहरु संगाल्दा एउटा फिल्मको कथा नै बन्ने उनको तर्क छ । धरानका सांगितिक गुरु भोला प्रसाद राई र रेडियो नेपालको प्रेरणा सधैं स्मरणिय बनेको रोजको अनुभव छ ।
७ वर्षअघि जब उनी नाम चलेको पूर्वाञ्चल आइडलको फाइनलसम्मको यात्रा गर्न सफल भए तब यो बोलको सार्वजनिक भयो । र त्यहि गितलाई नयाँ फ्लेवर दिएर मंगोलियनसहित समग्र नेपाली संस्कृति उजागर गर्ने अठोटका बोकेर संगितपे्रमि माझ झुल्किए, उनै रोज । उनका दुई सेन्टिमेन्टल र अर्का दुई पूर्वेली लोक भाकामा आधारित गितहरु पनि रेकर्डिङकै प्रकृयामा छन् ।
गित हेर्न तथा सुन्ने स्वदेश र विदेशमा रहने नेपालीहरुलाई आवश्यक सल्लाह र सुझाव दिन पनि रोजको अनुरोध छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।