काठमाडौं ४ पुस । नेपाली कामदारलाई जापान लैजान त्यहाँको सरकारले तयारी गरेको छ । रोजगारीका लागि श्रमिक आपूर्ति गर्ने देशमा नेपाललाई सूचीकरण गरेसँगै नेपाली कामदार भाषा पास गरेर त्यहाँ रोजगारीका लागि जाने बाटो खुल्ने प्रक्रिया सुरु भएको हो ।

जापानी न्याय मन्त्रालयले प्रस्ताव गरेको ड्राफ्टमा नेपालसहित २ देश थप गरिएको हो भने उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि नेपाली कामदार त्यहाँ जान पाउने भएका हुन् । प्रस्ताव पारित भएको खण्डमा अहिले दक्षिण कोरियामा भाषा पास गरेर गए जस्तै गरेर जापानमा पनि नेपाली जान पाउने छन् ।

जापान सरकारले देशभर श्रमिक अभाव हुन नदिन बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धी विधेयक पारित गरिसकेको छ । त्यसमा कम्वोडिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, चीन, थाइल्यान्ड र म्यानमारलगायतका ७ देश मिक आपूर्ति गर्ने देशको सुचिभित्र रहेकोमा अब मंगोलिया र नेपाल थप भएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।