शिक्षक सेवा आयोगद्धारा चार जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले चार जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार खुला तर्फको प्राथमिक तहको नुवाकोट, रसुवा, बागलुङ र म्याग्दि जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको हो ।

यसअघि आयोगले ४५ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो ।

SHARE