काठमाडौं । लुट्न सके लुट कान्छा नामक पशुपति शर्माको नयाँ गित युट्युबमा राखेको दोस्रो दिन नै हटेको छ । सरकारी माथिल्लो तहबाट हटाउन चर्को दबाब दिएपछि युट्युबबाट हटाइएको बताइएको छ । गायक शर्माले भने सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिँदै गितका केही शब्दहरुमा असन्तुष्टि जनाएपछि फेर्न पर्ने भएकाले हटाउन परेको स्पष्टिकरण दिएका छन् ।

भिडियो हेर्नुहोस्

उनले देशको एक सचेत नागकिर साथै कलाकार भएको नाताले देशमा विद्यमान भ्रष्टचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यता विरुद्ध आवाज उठाउन पाउने नैसर्गिक अधिकार हो भन्ने कुरामा आफू दृढ रहेको दोहोर्याउन चाहेको बताएका छन् ।

उनको गित युट्युबबाट हटाइएपछि सरकारी पक्षको चर्को विरोध समेत भइरहेको छ । सामाजिक सञ्जालहरुमा सरकारप्रति चर्को असन्तुष्टि जनाउने क्रम बढेर गएको छ । गितको सुरुमा नै पञ्चायत बहुदल र गणतन्त्र भोग्दा पनि देशको माया गर्ने नेता नभेटेको बताइन्छ ।

गितमा राष्ट्रपतिले तीन अर्बको हेलिकप्टर चढेको, वाइडबढीमा लुटेको, सुनकाण्ड लगायत विषयमा पनि व्यंग्य गरिएको छ । राजा फालिए पनि राजा जस्तै अरु बनेको भन्दै गितमा व्यंग्य छ । नेता कार्यकर्ता कुकुर जस्तै झुकेको भन्दै पनि गितमा व्यंग्य छ । गितमा विकास नभएको र स्वर्ग जस्तो देशमा यमराजको जस्तो शासन भएको भनेर समेत व्यंग्य गरिएको छ ।
गित हटाउन अघि गायक शर्माले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका थिए–

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।