काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले प्रदेश ५ का सबै नगर र गाउँपालिकालाई पत्र पठाउँदै विकास बजेटको २ प्रतिशत रकम उपलब्ध गराउन दबाब दिएको छ । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद ल्याउन पार्टीले जनसत्ता निर्माण गरेको उल्लेख गर्दै त्यसका लागि चन्दा दिन पत्राचार गरेको हो ।

पत्रबाहेक मौखिक रुपमा धम्कीपूर्ण भाषाको प्रयोग गर्दै रकम छिटो उपलब्ध गराउन दबाब दिइएको छ । पत्रअनुसार धेरै स्थानीय तहका जनप्रतिनिधिले बार्गेनिङ गरेर रकम बुझाएका छन् । केहीले विकास बजेटबाटै र कतिपयले व्यक्तिगत रुपमा रकम दिइसकेको जनाएका छन् । यदि रकम उपलब्ध नगराएका जस्तोसुकै गम्भीर परिणामको जिम्मेवार स्वयं स्थानीय तह नै हुने नेत्रविक्रम चन्द (विप्लव) माओवादीको धम्की छ ।, समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।