काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी नोट १० र नोट १० प्लस ल्याएको छ । सामसङले नयाँ प्रविधि, सुधारिएको क्षमता र शक्तिशाली समायोजनसहित बजारमा ल्याइएको जनाएको छ ।
ग्यालेक्सी नोट १० को साथ सर्जकहरुले स्टेट अफ द आर्ट टुल्सहरुको प्रयोग गरी आश्चर्यजनक भिडियो तथा फोटोहरु लिन सक्नेछन् । ग्यालेक्सी नोट १० का हरेक इलमेन्टहरु विशेष तरिकाबाट निर्माण गरिएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा ग्यालेक्सी नोट १० को मूल्य १ लाख १६ हजार तथा ग्यालेक्सी नोट १० प्लसको १ लाख ३५ हजार तोकिएको छ । यी दुबै सेट यही अगष्ट महिनाको २६ तारिखदेखि उपलब्ध हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।