काठमाडौं । ब्राइडेड मोबाइलका पारखीहरुका लागि फेरि एउटा खुसीको खबर आएको छ । त्यो हो एप्पलले आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स बजारमा ल्याएको छ ।

१३ सेप्टेम्बरबाट प्रि अडर गर्न सकिने र २० तारिखबाट ग्राहकले पाउने सक्ने यसको विशेष भनेको क्यामेरामा आधारित छ, अहिलेको मोडलमा तीन वटा क्यामेरा समावेश छ । आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्सको मुल्य क्रमशः ६९९, ९९९ र १०९९ डलर रहेको छ । यसकाे नेपाली मूल्य करिब ८० हजार, १ लाख १४ हजार र १ लाख २६ हजारकाे हाराहारीमा पर्न जानेछ ।

कम्पनीका अनुसार यसले एकै पटकमा विभिन्न फम्र्याट जस्तैः स्लो मोसन सेल्फी, ल्याण्डस्केप सेल्फीमा भिडियो रेकर्ड गर्न सक्नेछ । यो आइफोन वाटर प्रुफ र डस्ट रेसिस्टेन्ट रहेको कम्पनीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।