यातायात मन्त्री महासेठले नै सरकारी गाडीमा नीजि नम्बर प्लेट लगाए

काठमाडौं । विकास र समृद्धिको नारा दिने वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नै सरकारी गाडीलाई निजी नम्बर प्लेट बनाएर ब्यापक दुरुपयोग गरिरहेको भेटिएको छ ।

उनले कानुन बमोजिम १ मोटर लिन मात्र पाउने भएपनि ८ वटा करोडौं करोड मूल्यका गाडी थुपारेका छन् । त्यसमध्ये सडक विभागलाई दबाब दिएर झिकाएको एउटा गाडी हो बा२झ २२१५ नम्बरको फोर्ड इन्भेटर । हाल यो गाडी भने प्राइभेट बनाएर चलाइएको छ । उनका परिवारका सदस्यले अगाडी प्रदेश नम्बर हालेर चलाउँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खर्च कटौती र मितव्ययी नीति अंगाले पनि उनकै नेतृत्वका मन्त्रीले भने सरकारी गाडीलाई नै नीजि बनाउन पछि परेनन् । उनको सचिवालयले भने गाडीको दुरुपयोग नभएको दाबी गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।