काठमाडौं । जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा एक सांसदले तोडफोड गरेका छन् । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा तोडफोड गरेका हुन् ।

साह सर्लाही क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको उनले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।