काठमाडौं । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि नेक्सानी पुर्याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको तलब कट्टा गरिने प्रस्ताव गरिएको छ । सदनमा विचाराधिन निजामती सेवासम्बन्धि विधेयक परिमार्जनका क्रममा यस्तो प्रस्ताव गरिएको हो ।

विधेयक परिमार्जनका क्रममा प्रारम्भिक छलफलपछिको मस्यौदा प्रतिवेदनमा भनिएको छ, ‘सेवा प्रवाहका सन्दर्भमा सेवाग्राहीलाई हानी नोक्सानी हुने अवस्था सिर्जना गरेको पुष्टि भएमा, सरकारी सम्पत्तिको नियतवश हानि नोक्सानी, दुरुपयोग वा लापरवाही गरेमा तलब कट्टा गरिने उल्लेख छ । गोरखापत्रमा समाचार छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।