जनप्रतिनिधिलाई कारबाही गर्दै नेकपा

जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी अनुशासन विपरीत गतिविधि गरेका र पार्टी परित्याग गरेका प्रदेश २ का स्थानीय जनप्रतिनिधिलाई पदमुक्त गर्ने भएको छ ।

नेकपा एक नेताका अनुसार नेकपाबाट निर्वाचित भई पछि पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेका, पार्टीको नीतिविपरीत काम गरेका, पार्टीको विधान उलंघनजस्ता गतिविधिमामा संलग्न जनप्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिन लागेको हो । यसरी पदमुक्त हुनेमा केही वडाध्यक्षहरु रहेको नेकपाले जनाएको छ । त्यस्ता जनप्रतिनिधिहरुको नाम विभिन्न कमिटीबाट पार्टीको माथिल्लो तहमा बुझाइएको र बर्खास्तीमा पर्नेको नाम पनि तय भैसकेको नेकपा स्रोतले जनाएको छ ।

पार्टीले केही दिनमै परिपत्र जारी गरी ती जनप्रतिनिधिहरुलाई पदमुक्त गर्ने नेकपाले जनाएको छ । पार्टीको निर्देशन नमान्ने, पार्टी नीति विपरित आफूखुशी काम गर्ने, जनताको काममा ध्यान नदिने लगायतका बिभिन्न कारण देखाउँदै पार्टीले उनीहरुलाई कारवाही गर्न लागेको हो ।