जाडाेमा ३० प्रतिशत बढी हृदयाघातको खतरा

काठमाडौं । के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ । यदी छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ ।

जोडामा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन् ।

चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो मुटुका धमनी पनि बिग्रँदै जान्छ । मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैघले जाडो भएपछि चिल्लो र गुलियो बढी खाँदा सुगर र कोलेस्ट्रोल बढेर हृदयघात हुने सम्भावना रहने बताउनुभयो । उहाँले भन्नुभयो,‘जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ । यस्तै, अन्य समयभन्दा २० प्रतिशत बढी पक्षघात रहेन सम्भावना रहन्छ ।’ राजधानी दैनिकले खबर छापेको छ ।

SHARE