काठमडौं । सुन–चाँदीको भाउ बिहीबार घटेको छ । केही समययता उचाईमा पुग्दै आएको छापावाला सुनको भाउ बिहीबार भने प्रतितोला १ हजार रुपैयाँले घटेर बिहीबार ७५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाला सुनको भाउ अहिले सम्मकै उच्च बिन्दु ७६ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । यस्तै, तेजावी सुनको मूल्य पनि १ हजार रुपैयाँले नै घटेर ७५ हजार २०० रुपैयाँमा आएको छ ।

अघिल्लो दिन बुधबार तेजावी सुनको भाउ ७६ हजार २०० रुपैयाँ पुगेको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिका र इरानबीच युद्ध हुन सक्ने खतराले पछिल्लो समय सुन बजार बेस्सरी प्रभावित भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।