काठमाडौं । रिक्त रहेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी हुन् ।
राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको ती मन्त्रालयको कार्यभार ढकाल र बाँस्कोटाले सम्हाल्ने गरी आज तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि ती मन्त्रालको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।