उपसभामुखलाई महिलावादीले उचालेर डुबाउने भए !

विराट अनुपम
उपसभामुख शिवमाया तुम्बाहाम्फेलाइ महिलावादीले उचालेर डुबाउने भए। अस्ति सम्म पार्टी निर्णय मान्छु भन्ने उनी अहिले पार्टी निर्णय जान्दिन भन्न थालिन् । यो बिसयमा यी बुदा बुझ्न आवश्यक छ:

१. नेपालमा मेयर देखि मन्त्री सम्म सबै राजनीतिक समीकरणमा बन्छन् । यो समीकरण निर्माणना गुट, आसेपासे, चाकरी देखि क्षमता आदि थुप्रै कुराले भुमिका खेल्छन् । र, त्यो समीकरणले नै शिवमाया तुम्बाहाम्फेलाइ उपसभामुख बनाएको हो।

२. जसरी एउटा समीकरणले उपसभामुख बनायो अर्को समीकरणले सभामुख बन्न नदिएको हो। राजनीति समीकरणले चल्छ ।

३. योग्यताकै कुरा गर्दा सदनमा युवा नेतृत्व रामकुमारी झाक्री देखि सिनियरमा देव गुरुङ हुँदै भिम रावल सम्म सबै सभामुख बन्न योग्य छन् । तुम्बाहाम्फे मात्रै एक्लि योग्य होइनन् ।

४. शिवमाया सभामुख हुँदा कुनै रेकर्ड हुने पनि होइन। यस अगाडि नै महिला सभामुख भैसकेका छन् ।

५. नेतृत्वलाई नमान्दा अहिले तत्काल सार्वजनिक र महिला जनमत त बन्ला तर पछि आगामी पदमा नेतृत्वले नपत्याउन सक्छ। किनभने जत्तिकै लोकतान्त्रिक भनिएपनि हाम्रा सत्तारुढ नेकपा देखि प्रमुख प्रतिपक्षी नेका सबै नेतृत्वको मुडमा चल्छन् । अरुको मतलब हुन्न ।

SHARE