काठमाडौं । गायक निशान भट्टराईको कार दुर्घटनामा परी ज्यान गएको छ । मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । उनी दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा थिए ।
कार दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारका क्रममा त्यही उनको निधन भएको हो । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।