काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उतार चढाब हुने क्रम जारी छ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ७४ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार आठ सय रुपैयाँले घटेर ७४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि आठ सय रुपैयाँले घटेर ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ८० मा कारोबार भइरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।