काठमाडौं । सर्वोच्च अदालतले यतीसँगको सम्झौता कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले गोकर्ण फरेस्ट रिसोर्टलाई ६ वर्ष समयावधि बाँकी छँदै लिज अवधि बढाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले गोकर्ण फरेस्ट रिसाेर्ट यती होल्डिङ्स कम्पनीलाई दिने सम्झौता कार्यान्वयन नगर्न र सम्झौता गर्नुपर्ने कारण पेश गर्न आदेश दिएको छ ।

अदालतको आदेश अनुसार सरकारले १५ दिनभित्र लिखित रुपमा कारण पेश गर्नुपर्नेछ । सरकारले कारण पेश गरेपछि अन्तरिम आदेश दिने, नदिने भन्नेबारे सर्वोच्चले आदेश दिनेछ । नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।