एजेन्सी । मार्कसिटमा हुने अंकको आधारमा व्यक्ति कत्तिको बुद्धिमान छ भन्ने जान्न सकिंदैन । किनकी हरेक मानिस कुनै एउटा पाटोमा बुद्धिमान हुन्छ । संसारभरका मानिसमा सबैमा अलग्गै विशेषता हुन्छ । दिमागको भाग र कामलाई विभिन्न वैज्ञानिकले अलग अलग काम तथा हिस्सामा बाँडेका छन् । कसैले दिमागलाई तीन भागमा बाँडेका छन् त कसैले छ भागमा । तर, जुनसुकै हिसाबले बाँडेतापनि हरेक व्यक्तिको दिमाग कुनै एउटा भागमा सक्रिय पाइन्छ ।
प्राय स्कुलहरुमा राम्रो अंक ल्याउने विद्यार्थीहरु अगाडी बेञ्चमा बस्ने गर्छन् । अगाडी बस्ने विद्यार्थीहरुलाई बुद्धिमान भनिन्छ । तर, वास्तवमा अगाडी बेञ्चमा बस्ने विद्यार्थी भन्दा पछाडी बस्ने विद्यार्थी बुद्धिमान हुन्छन् । अगाडी बस्ने विद्यार्थीहरु अरुले सिकाएको कुरा टिप्न सक्ने हुन्छन् तर पछाडी बस्ने विद्यार्थीहरु जिन्दगीको जुनसुकै लडाई लड्न सक्ने हुन्छन् । उनीहरुमा एकै पटक धेरै काम गर्ने क्षमता समेत हुन्छ ।

बुद्धिमान व्यक्तिहरु खुशी देखिन्छन् । उनीहरु मुस्कुराउन मन पराउँछन् र अरुलाई पनि हाँसेको हेर्न चाहन्छन् । पीरमा परेको व्यक्तिलाई समेत उनीहरु हँसाउने प्रयास गर्छन् । तर पनि उनीहरु कुनै चिन्तनमा पनि डुबेका हुन्छन् । बुद्धिमान व्यक्तिहरु धेरै सोंच्छन् । उनीहरु कुनै कुराको विश्लेषण गर्ने र निर्णय लिंदा धेरै सोंचेर लिने किसिमका हुन्छन् ।

बुद्धिमान व्यक्तिहरु आफूलाई माया गर्ने, आफैमा हराउन सक्ने हुन्छन् । उनीहरुलाई साथी नभएतापनि दिन काट्न समस्या हुँदैन । एउटा पुस्तक पढेर नै उनीहरुले आफ्नो दिन काट्न सक्छन् । उनीहरु रचनात्मक हुने हुनाले आफू भित्र हरेर कुनै कुरामा डुब्छन्, जसले गर्दा उनीहरुलाई साथीको अभाव महसुस हुँदैन । धेरैजसो बुद्धिमान व्यक्तिहरु देब्रे हात प्रयोग गर्ने हुन्छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।