काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि १ हजार ८ सय ५ जनाको लागि नयाँ भर्ना खुलाएको छ । खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न उक्त भर्ना खुलाइएको छ । माघ ५ गतेदेखि फागुन ११ गतेसम्म भर्ना हुन चाहनेले दरखास्त बुझाउनुपर्नेछ ।

नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा १ सय ४९ जना, प्रहरी सहायक निरीक्षकमा ५ सय ८४ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप९समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवानमा १ हजार ७२ जनाका लागि दरखास्त आव्हान गरिएको हो । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातै वटा प्रदेश प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

यस्तै प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर ९हाल राजविराज सप्तरी०, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।
जनपद समूह तर्फको प्र.नि. र प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७६-१०-०१)

विधिक समूह अन्तर्गत विभिन्न उप–समूह तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७६-१०-०१)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।