काठमाडौं । नेपाली बजारमा बिहीबार सुचाँदीको भाउ स्थिर देखिएको छ । केही दिन घटबढ भइरहेको सुनको भाउ बिहीबार भने स्थिर बनेको हो ।
आइतबार प्रति तोलाको ७५ हजार रुपैयाँमा, सोमबार ७४ हजार ८ सय रुपैयाँ, मंगलबार ७४ हजार, बुधबार ७४ हजार ७ सय रुपैयामा कारोबार थियो । बिहीबार अर्थात आज भने स्थिर रहँदै प्रति तोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर रहेकोे छ । आज तेजावी सुन प्रतितोला ७४ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी प्रति तोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि चाँदी प्रति तोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।