कोरम नपुगेपछि सिन्धु विकास बैंकको साधारण सभा स्थगित भएको छ । पुस २९ गते डाकेको साधारण सभा कोरम नपुगेको कारण स्थगित भएको हो।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको थियो।
बैंकले गत पुस २९ गते मंगलबार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, बाह्रबिसे, सिन्धुपाल्चोकमा १० औँ वार्षिक साधारण सभा डाकेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।