नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रबन्धक एनआईबिएल एस क्यापिटल ताेकियाे

एनआईबिएल एस क्यापिटल नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशनका लागि विक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । बैंकले साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ त्यसका लागि विक्री प्रवन्धक नियुक्त गरेको हो ।

बैंकले एक सय रुपैयाँ अंकित दरका ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर जारी गर्ने तयारी गरेको छ । नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । हाल बैंकको चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई आईपिओ शेयर बिक्री गरेपछि २० अर्ब रुपैयाँ पुग्ने छ ।