ग्लोबल आइएमई बैंकले संस्थापक सेयर बिक्री गर्ने तयारी गरेको छ । बैंकका केही संस्थापक सेयरधनीले सेयर बेच्न बैंकमा आवेदन दिएपछि संस्थापक सेयर बिक्री गर्नेमा बैंक लागेको हो । बैंकले कति कित्ता संस्थापक सेयर कुन भाउमा बिक्री गर्न लागेको हो भन्नेबारे केही पनि खुलाएको छैन ।
सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्रमा आवश्यक कागज प्रमाणसहित बैंकको रजिष्टर्ड कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।