काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको छ । त्रिविले राजनीति शास्त्र र सार्वजनिक प्रशासन तर्फको नतिजा प्रकाशित गरेको हो ।
त्रिविका अनुसार एमए र एमपीएको प्रथम वर्ष २०७५ समुहको नतिजा सार्वजनिक गरिएको छ ।
मन्त्री बस्नेतको फस्ट डिभिजन
राजनीति शास्त्रमा पहिलो वर्षको नतिजामा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले फस्ट डिभिजन प्राप्त गरेका छन् । उनका भतिज मुक्ति बस्नेतले दिएको जानकारी अनुसार मन्त्री बस्नेत फस्ट डिभिजनमा उत्तिर्ण भएका हुन् ।
मन्त्री बस्नेतले अहिले दोस्रो वर्षको परीक्षा दिइरहेका छन् । उनको हालको परीक्षा केन्द भक्तपुर परेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।