कोरोना भाइरसको पहिलो पटक चेतावनी दिने डाक्टरको कोरानाबाटै मृत्यु

काठमाडौं । कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ । वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
चीनको सरकारी मिडियाका अनुसार डाक्टर लीले ३० डिसेम्बरकै दिन आफ्ना साथी डाक्टरहरुलाई सार्स जस्तै भाइरसका संक्रमित विरामीहरु आफूले देखेको बताएका थिए । तर, स्थानीय प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो । कोरोनाका कारण चीनमा पाँच सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।