काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नता तथा सांसद सुदन किरातीले सूर्य थापालाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले महागल्ती गरेको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य समेत रहेका उनले थापालाई कारबाही गर्न माग गरेका छन् । थापालाई जिम्मेवारीबाट मुक्त गर्नुपर्ने उनको भनाई छ ।

जनयुद्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले जनयुद्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको अहिले चौतर्फी विरोध भइरेको छ । त्यसै प्रसंगलाई किरातीले पनि जनयुद्धको स्वामित्व नलिने तर जनयुद्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने भन्दै कडा विरोध जनाएका छन् । ‘यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राष्ट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ?’ शनिबार बिहान एक कार्यक्रमममा उने भने । किरातीले जनयुद्ध स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन पनि थापालाई चुनौती दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।