काठमाडौं । चीनबाट फैलिएको कोरोना भाईरसबाट मृत्यु हुनेर संक्रमित हुनेको संख्या दिन दिनै बढेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ७० पुगेको छ ।

चीनको हुबेई प्रान्तमा आईतबार थप सय जनाको मृत्युपछि मृतकको संख्या १ हजार ७ सय ७० पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनिया नेशनल हेल्थ कमिसनका अनुसार आईतबारसम्म एक हजार ९ सय भन्दा बढी संक्रमित भेटिएका छन । जस अनुसार हालसम्म संक्रमितको संख्या ७१ हजार २ सय ४ नाघेको छ । चिनिया नेशनल हेल्थ कमिसनले भने निकट भविष्यमा मृतक र संक्रमितहरुको संख्या विस्तारै कम हुँदै जाने अनुमान गरेको छ ।
नागरिकहरुको परिक्षण, उपचार र सहयोगका लागि हर सम्भव प्रयास गरिरहेको चिनिया नागरिक मामिला मन्त्रालयले जनाएको छ । जसअनुसार कोरोना प्रभावित क्षेत्रका हरेक समुदायमा कम्तिमा आठजना सामुदायिक कार्यकर्ता परिचालन गरेको छ । हरेक सामुदायिक कार्यकर्ताले तीनसय जनालाई हेर्छन । जनशक्ति, स्वयंसेवक, चिकित्सक, आवश्यक औषधी र अन्य सामाग्रीहरुको कमी हुन नदिएको मन्त्रालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।