मोटोपन घटाउन चाहनु हुन्छ ? हाँस्नुस्, चिसो पानी पिउनुस्

आज भोलि धेरैलाई मोटोपन कसरी घटाउने भन्ने चिन्ता प्रधान बन्दै गएको छ । पछिल्लो समय मोटो पन घटाउन भन्दै जिम जाने चलन निकै बढेको छ । थोरै खाएर धेरै परिश्रम गरेपछि मोटोपन घट्छ भन्ने धेरैमा लागेको हुनुपर्छ ।

वैज्ञानिकहरुका अनुसार मौसमको फाइदा लिएर पनि मोटोपन घटाउन सकिन्छ । वैज्ञानिकहरुका अनुसार तापमान कम भएको बेला शरीरमा मेटाबलिज्म दुरुस्त हुन्छ । १९ डिग्री भन्दा कम तापक्रम भएको कोठामा सुत्ने गर्दा शरीरले ७ प्रतिशत बढी क्यालोरी खपत गर्छ ।

चिसो पानीले पनि मोटोपन घटाउने केही वैज्ञानिकहरुको धारणा रहेको छ । वैज्ञानिकहरुले यो पनि भनेका छन् ‘हाँसेर पनि शीररको मोटोपन घटाउन सकिन्छ ।

यसै सन्दर्भमा आजको नयाँ पत्रिकाले मोटोपन घटाउने उपाय पाँच बुँदामा दिएकाे छ :

१. थोरै खाने, दिनमा तीन–चारपल्ट खाने बानी राम्रो हो । सधैँ नियमित रूपले खाना खानुपर्छ ।

२. तौल घटाउन व्यायाम गर्नुपर्छ । बिहान सबेरै हिँड्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित नुहाउनुपर्छ । यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउँछ । योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ ।

३. जंकफुड र गुलियो खानेकुराले मोटोपन बढाउँछ । भोक लागेका वेला कम क्यालोरी दिने खानेकुरा गाँजर, काँक्रो, कागतीको सर्बत आदि खानुपर्छ ।

४. मोटोपन घटाउने बहानामा खाना खान कम गर्नु राम्रो होइन । यसबाट हाम्रो शरीरमा नराम्रा असर देखापर्छन् । उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने गलत धारणा पनि राख्नुहुँदैन ।

५. नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ । आत्मबलले अनुचित इच्छा वा लतलाई दबाउनुपर्छ । तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याको सजिलै निराकरण गर्न सकिन्छ । प्रशस्त पानी पिउनुपर्छ ।