काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैया पुगेको छ । सुन इतिहासकै महँगो हुँदै नयाँ रेकर्ड कायम गरेको हो ।
यसअघि हालसम्मै महंगो मूल्य अर्थात् प्रतितोला ७६ हजार ६ सय रुपैयाँ पुगेको थियो । बिहीबार र शुक्रबार सुन प्रतितोला ७६ हजार रुपैयामा कारोबार भएको थियो । आइतबार भने तोलामा ५ सय रुपैयाले बढेर प्रति तोला ७६ हजार ५ सय पुगेको थियो । सोमबार पनि सुनको स्थिर रहदै प्रति तोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार तोलामा २ सय ले बढेर ७६ हजार ७ सय रुपैया पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुन तोलामा ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यता मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार र शुक्रबार चाँदी प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो, आइतबार चाँदी प्रति तोला ८ सय ८५ रुपैयामा कारोबार भएको थियो । सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रति तोला ८९० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।