काठमाडौं । नेपालस्थित स्वीस दुतावासले निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटा कुनै छलफल नभएको र नेपालमा आफ्नो कुनै एजेण्ट नरहेको स्पष्ट पारेको छ ।
दूताबासले विहीबार विज्ञप्ति जारी गर्दै दूतावासले कुनै बैठकको आह्वान गरेको नगरेको र समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा नभएको जनाएको छ ।
दुतावासले स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार नभएको भन्दै एजेण्ट नरहेको समेत स्पष्ट पारेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।