काठमाडौं । पूर्व सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्टोकालाई सिध्याउन अर्बपति बिनोद चौधरीको हात होला त ? यो प्रश्नको उत्तर सजिलो छैन । तर जनआस्था साप्ताहिकले भने हुनसक्ने संकेत गरेको समाचार छापेको छ ।
जनआस्था लेख्छ– गोप्य कुराकानी भएको १५ महिनापछि किन कसैको अडियो बाहिर आउँछ?

भनिन्छ, विनोद चौधरीहरूको टेलिकम सञ्चालनकामा सरकार स्थायी रूपमै बाधक भएपछि स्विट्जरल्यान्डबाट खरिद गर्ने भनिएको सेक्युरिटी प्रेसका कमिसन एजेन्ट विजय मिश्रमार्फत सञ्चारमन्त्री गोकुल बाँस्कोटाको हुर्मत लिइयो, झन्डै सवा वर्ष पुरानो गोप्य अडियो रेकर्ड सार्वजनिक गरेर।

किन चौधरीहरू यसमा लागे? कुरा बुझ्न त्यति गाह्रो छैन। मन्त्री बाँस्कोटाले फागुन १ गते ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटीएम (अहिलेको सीजी टेलिकम) लाई १ करोड १८ लाख ६५ हजार अमेरिकी डलरको हिसाब देखाउन चुनौती दिएका थिए। उसले विश्व बैंकसँग सहयोगमा पाएका रकमबाट भएको काम कारबाहीको विवरण खोजिने पनि गोकुलले भनेका थिए।

उक्त रकमको खर्च, गर्नुपर्ने काम र पूर्वसर्तकामा रहेका प्रावधान पूरा भए कि भएनन् भनेर अनुसन्धान हुने उनको भनाइ थियो।

तत्कालीन एसटीएमले ५ सय ३४ गाउँमा सेवा सेवा विस्तार नगरेको, भिस्याटलगायत प्रविधिको अवस्थाबारे सत्यतथ्य जानकारी नदिएकोबारे चर्काेसँग कुरा उठेको थियो ।

तर त्यतिबेलासम्म चौधरीले पहिला अनुदानको पैसा लक्षित कामभन्दा फरक शीर्षकमा सिध्याइसकेका थिए। अहिले पनि त्यो पैसाको भ्याट फिर्ता लिने चक्करमै छन् ।

आयातित उपकरण प्रयोगमा नआएपछि ती सामानको भ्याटबापत २२–२५ करोड रुपैयाँ फिर्ता लिनुपर्नेछ। तर कर विभागले भ्याट फिर्ता नदिने नीति अवलम्बन गर्यो ।

बरु गोकुलले एसटीएमले निर्माण गर्ने भनेको १ हजार २८ वटा पीसीओ बने कि बनेनन्? काम नभएको भए त्यसबापतको रकम फिर्ता हुन्छ कि हुँदैन? जस्ता प्रश्न उठाउँदै भ्याट फिर्ता हुने नामै लिएनन्।

त्यही एसटीएम कम्पनी चौधरी ग्रुपले खरिद गरी सीजी टेलिकमका नाममा सञ्चालन गरिरहेको छ। नयाँ कम्पनी सञ्चालनको अनुमतिका लागि जाँदा कर कार्यालयले पहिलाको कर तिराउन खोज्यो।

तर गोकुललाई पछ्याउँदै स्पेनसम्म पुगेको चौधरी ग्रुपले न मन्त्रीको छेउ पायो न कुनै भेउ पायो। यहाँसम्म कि लाइसेन्ससमेत नवीकरण हुन दिइएन र तयसपछि प्रयोगमा आए- विजय मिश्र ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।