काठमाडौं । लागुऔषध कारोबार आरोपमा पक्राउ परेका काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगरसँग एक अर्बको सम्पत्ति भेटिएको छ । लागुऔषध कारोबारबाटै देवेन्द्रले अवैध सम्पत्ति आर्जन गरेको सम्पत्ति सुद्धिकरण अनुसन्धानको विभागको निष्कर्ष छ ।

उनिसँग चल–अचल गरी एक अर्बको सम्पत्ति भेटिएको विभागले जनाएको छ । उनको सबै सम्पत्ति रोक्कासमेत गरिएको छ । अनुसन्धान टुंग्याएको विभागले मुद्धा दायरको तयारी गरेको छ । देवेन्द्र तीनपटक जेल बसेर छुटेका व्यक्ति हुन् । पछिल्लोपटक २३ वैशाख २०६९ मा उनलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको थियो ।

देवेन्द्रले सीतापाइलास्थित आफ्नै घरमा चरेसको गोदाम रोखेको प्रहरी अनुसन्धानमा भेटिएको थियो । उनको हङकङ र जापानको बैंकमा खाता रहेको त्यतीबेलै प्रहरी अनुसन्धानमा खुलेको थियो । लागुऔषध कारोबारको पैसा तिनै खातामा जम्मा गर्न लगाउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

देवेन्द्रको सीतापाइलामा डेढ रोपनी जग्गासहित घर छ । थानकोटमा करिब १५ रोपनी जग्गा भेटएको स्राेत बताउँछ । कतिपय जग्गा उनले बकसमार्फत लिएको अनुसन्धानमा देखिन्छ । बयानका क्रममा उनको आफ्नो सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन् । सरकारी वकिल कार्यालयबाट निर्णय भएपछि उनको सम्पत्ति जफतको माग गरी मुद्धा दायर हुने विभागका एक अधिकारीले बताएकाे नयाँ पत्रिकामा समाचार छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।