काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले मंहंगोमा किन्नु परेको छ ।
पेट्रोलियम पदार्थ आयातमा लगाइएको उच्च कर र नेपाल आयल निगमले त्यसान पनि नाफा राखेर महंगो मूल्यमा बिक्री गर्दा त्यसको मार उपभोक्तालाई परेको हो ।अन्तर्राष्ट्रिय बजारमा सन् २०११ को डिसेम्वर ३० मा प्रतिव्यारेल ६३.०५ डलर पुगेको कच्चा तेलको मूल्य बुधबार करिब आधा घटेर ३४.६५ डलरमा झरेको छ ।
साढे २ महिनाको अवधिमा तेलकाे मूल्यमा भारी गिरावट आए पनि नेपाली उपभोक्ताले त्यसको फाइदा लिन सकेका छैनन् । उपभोक्ता चर्को मूल्यमा इन्धन किन्न बाध्य छन् । अहिले काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १०८ रुपैयाँ । त्यस्तै डिजेल लर मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ छ । यो मूल्य विश्वकै महंगो हो । नागरिक दैनिकमा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।