काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका – २ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको मृत्यु भएको छ। तीमध्ये ८ जनाको बिहीबार र शुक्रबार मृत्यु भएको हो। मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्देव यादव, गुदर महरा, रामनारायण महरा र निरस यादव छन्।
धनुषाकै रूपैठ घर भई रमेदैयास्थित ससुरालीमा बस्ने गरेका राजु महराको पनि मृत्यु भएको छ। दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा रक्सी पिएकै कारण भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो। सबैको सुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु भएको स्थानीयले बताएका छन्।
रक्सी पिएकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन्। गाउँकै पसलमा प्राप्त घरेलु मदिरा पिउँदा उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले पनि उनीहरुले होलीमा अत्याधिक मदिरा सेवन गरेका कारण मृत्यु भएको बताएका छन् ।
इन्सपेक्टर नायकले भने , उनीहरुले कुन मदिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौं, स्थानिय पसलबाट केही मदिरा पनि बरामद गरेका छौं । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।