कोरोना फैलन नदिन सरकारले विशेष योजना बनाउनुपर्छ : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड–१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँका क्षेत्रीय सभापति र काठमाडौँ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा उनले बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
कोरोनाको नाममा कालोबजारी बढ्न थालेकाले सरकारले बजारमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उनकोे भनाइ छ । नेता सिंहले जनप्रतिनिधिलाई जनताको घरघरमा पुगेर कोरोना भाइरसले जनजीवनमा पार्नसक्ने प्रभावको बारेमा जनचेतना फैलाउन निर्देशन समेत दिए ।
पार्टीका नेता एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले कोरोना भाइरसको विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।