आजदेखि ग्यास सहज, अतिरित्त बिक्रि केन्द्रबाट वितरण

काठमाडौं । राजधानीमा आइतबारदेखि ग्यासको अतिरित्त बिक्रि केन्द्र (आउटलेट) सञ्चालन हुँदै छ । नेपालमा आयल निगम एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले अतिरिक्त बिक्रि केन्द्र लागेको हो ।

२२ ओटा ग्यास उद्योगले बिहान १० देखि ५ बजेसम्म ग्यास वितरण गर्नेछन् । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार कोरोना भाइरसको हल्लासँगै उपत्यकामा बसोबास गर्ने उच्च मध्यम वर्ग र उच्च वर्गले अत्यधिक संख्यामा खाना पकाउने ग्यासको सञ्चित गरेका छन् । यसले गर्दा निम्न वर्ग , अति निम्न वर्ग र मध्यम वर्ग समयमा सिलिन्डर पाउन सास्ती व्योहोर्न बाध्य छन् ।

‘हामीले मागभन्दा दोब्बर परिमाणमा ग्यास आपूर्ति गरिरहेका छौँ । त्यही परिमाणमा उद्योगबाट सिलिन्डर पनि बजारमा गइरहेका छन् । तर निम्न वर्गले सहज रुपमा सिलिन्डर पाउन सकेका छैनन्,’ पौडेलले भने, ‘तिनलाई लक्षित गरी संघको सहकार्यमा अवस्था सामान्य नहुँदासम्म अतिरित्त आउटलेट व्यवस्था गरेका छौँ ।’ अन्नपूण दैनिकमा प्रकाशित छ ।