मन्त्रीले दिउँसाे भनेकाे कुरा सच्याइयो, संक्रमित युवक कतारबाट हैन, युएईबाटै नेपाल प्रवेश

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएका युवक कतारबाट नभएर दुबईबाट नेपाल आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मह्याह्न पत्रकारलाई सम्बोधन गर्ने क्रममा कतारबाट नेपाल आएको उल्लेख गरेका थिए ।
मन्त्रालयले त्यसलाई सच्याउँदै उनी कतारबाट नभएर युनाइेड अरब इमिरेट्स युएईबाट नेपाल आएको जनाएको छ । उनी एअर अरेबियाको फ्लाइट नम्बर जी–९५३७ मार्फत युनाईटेड अरब इमिरेट्स युएई सारजाहबाट आएको खुलेको हो ।
‘आज मिति २०७६ चैत्र १२ गते मा. स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यूबाट प्रेसलाई गरिएको सम्बोधनमा कोभिड–१९ संक्रिमत व्यक्ति एअर अरेबियाको फ्लाइट नम्बर जी–९५३७ मार्फत युनाईटेड अरब इमिरेट्स युएई सारजाहबाट नेपाल आएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइको ब्यहोरा अनुरोध छ । मन्त्रालयको प्रवक्ताद्धारा जारी वक्तव्यमा भनिएको छ ।’
उनको परिचय गोप्य राखिएको छ । ३२ वर्षिय युवक धादिङको रहेको यसअघि मन्त्री ढकालले जानकारी दिएका छन् । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीसहित नेपालमा ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । एक जना फ्रान्स हुँदै कतारबाट नेपाल आएकी यु्वती छन् । अर्का चीनको वुहानबाट आएका एक व्यक्ति उपचारपछि घर फर्किएको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।