काठमाडौं । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा पनि कोरोनाको संक्रमण देखिएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको हो ।

कोरोनाको संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएको खुल्न आएको छ ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । त्यस क्रममा उनमा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

इटालीमा जस्तै तपाई हाम्रो घरमा लास उठाउने मान्छे नपाए के हुन्छ…

अर्का पनि भेटिए कोरोना संक्रमित, पहिलाे पटक उपत्यका बाहिर देखियाे काेराेना

कोरोना संक्रमित तेस्रो व्यक्ति धादिङका, विदेशबाट नेपाल आएपछि पार्टी र घुमघाममा…

कहाँ कहाँ गएका थिए– कोरोना संक्रमित चौथो व्यक्ति, को को जोखिममा…

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।